सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा


  •    न्युजभित्तो/२९ श्रावण २०८२, बुधबार १२:०३ 
  • काठमाडौँ, २८ साउन । गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ ।

    सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा मानिसको घुइँचो हुने गरेको छ ।

    यस दिन लोग्ने मानिस एवं केटाकेटीले देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । पशुपति क्षेत्रका भकुङ्टोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने किम्बदन्ती चल्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.