सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोजामा बेरेर ८५० वटा कछुवा तस्करी


  •    न्युजभित्तो/२८ श्रावण २०८२, मंगलवार १५:३४ 
  • वासिङ्टन डिसी, २७ साउन । अमेरिकामा एक जना चिनियाँ पुरुषलाई जेल सजाय सुनाइने भएको छ । संरक्षितको सूचीमा रहेका ८५० वटा कछुवालाई मोजामा बेरेर खेलौना बताउँदै हङकङ पुर्‍याएको मामिलामा दोषी ठहरिएपछि अमेरिकी जिल्ला अदालतले वेइ कियाङ लिन नाम गरेको ती चिनियाँ पुरुषलाई सजाय तोक्न लागेको हो ।

    २०२३ को अगस्ट देखि २०२४ को नोभेम्बरको बिचमा कछुवा राखिएका २ सय भन्दा धेरै पार्सल वेईले हङकङ निर्यात गरेका थिए ।

    कछुवाले भरिएका पार्सलको लेबलमा भने प्लास्टिकबाट बनेका खेलौना जनावर लेखिएको थियो । वेइले ती पार्सलमा इष्टर्न बक्स टर्टल र थ्री–टोड बक्स टर्टल पठाउँथे । यी कछुवाको बाहिरी हिस्सामा विशेष मार्क हुन्छन्, यसलाई घरपालुवा जनावरको रूपमा राख्नुलाई चीनमा प्रतिष्ठाको रूपमा हेरिन्छ । वेइबाट जफ्त गरिएका कछुवाको बजार मूल्य १४ लाख अमेरिकी डलर भएको अमेरिकी अधिकारीहरूको अनुमान छ । सीमामा निगरानी गर्ने क्रममा अधिकारीहरूले ती कछुवा फेला पारेपछि लिन पक्राउ परेका थिए ।

    १९९० को दशकमा यी दुवै कछुवा ठुलो परिमाणमा तस्करी हुन्थे । त्यसपछि यसलाई संरक्षितको सूचिमा राखिएको थियो । अमेरिकामा अनुमति लिएर मात्रै कछुवा निर्यात वा पुनः निर्यात गर्न पाइन्छ ।

    यी कछुवा बाहेक पनि वेइले विषालु सर्प जस्ता कयौं घिस्रिने जनावरलाई समेत पार्सलमा राखेर निर्यात गरेको न्याय मन्त्रालयले भनेको छ । वेइलाई डिसेम्बर २३ मा सजाय सुनाइनेछ । उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्नेछ । २ हजार भन्दा धेरै इष्टर्न बक्स टर्टल तस्करी गरेको आरोपमा मार्चमा अर्का चिनियाँ नागरिकलाई ३० महिनाको जेल सजाय सुनाइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.