सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण


  •    न्युजभित्तो/२८ श्रावण २०८२, मंगलवार ११:४४ 
  • मोरङ, २७ साउन । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ ।
    विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट  दैनिक  एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो । प्रयोगशालाबाट प्रदेशका १४ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । गत आव २०८१/८२ मा २३ हजार ६९० जना बिरामीले प्रयोगशालाबाट परीक्षण सेवा प्राप्त गरेका छन् ।
    प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने हुलाक सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका एक हजार ३०० बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताउनुभयो ।  
    प्रयोगशालाले सेवा प्रदान गरेबापत गत आवमा रु एक करोड ६५ लाख २७ हजार ४४० राजस्व सङ्कलन गरेको जनाउँदै उहाँले रु ६९ लाख ३४ हजार ७३५ ज्येष्ठ नागरिक, विपन्न, अशक्तलगायत व्यक्तिलाई छुट दिइएको बताउनुभयो । सेवाग्राहीलाई एउटै कोठाबाट प्रयोगशालासम्बन्धी विभिन्न स्वास्थ्य परीक्षण गर्न ‘इन्टिग्रेटेड’ सञ्चालनमा ल्याएको छ ।
    गत आवमा पाँच हजार महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको कार्यालयले जनाएको छ । प्रदेशस्थित सम्पूर्ण निजी प्रयोगशालालाई स्थानीय तह र सङ्घीय सरकारको समन्वयमा पूर्ण रूपमा दर्ता प्रक्रियामा सहभागी गराउनुका साथै क्षयरोग, मलेरिया, डेङ्गु, दादुरा, जेईजस्ता रोगको पहिचानका लागि मलिकुलर विधिबाट परीक्षण सुरु गर्ने लक्ष्य राखिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.