सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी


  •    न्युजभित्तो/२८ श्रावण २०८२, मंगलवार ११:३९ 
  • बैतडी, २७ साउन । यहाँ रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ ।

    जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताउनुभयो । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।

    दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दीलाई डडेल्धुरा पठाउने गरिएको जानकारी दिनुभयो । खाटमाथि खाट राखेर बन्दीको बसाइँ व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।

    प्रमुख भण्डारीले भन्नुभयो, “जस्तापाताले छाएको जीर्ण भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या छ । यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम छ ।”

    विसं २०४० मा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दासमेत नयाँ भवन बन्न सकेको छैन । उहाँका अनुसार चालु आवदेखि नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले आगामी असोज–कात्तिकदेखि काम सुरु हुनेछ ।

    सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत रु १० करोडको लागतमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । साथै खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.