सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा माघ २४ देखि २८ गतेसम्म पाँचौँ क्यान इन्फोटेक मेला हुने


  •    न्युजभित्तो/२१ पुष २०७६, सोमबार १४:२२ 
  • चितवन । चितवनको भरतपुरमा माघ २४ देखि २८ गतेसम्म पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । मेलाको आयोजक कम्प्युटर एशोसिएशन नेपाल महासंघ, चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी क्यान इन्फोटेक मेलाबारे जानकारी दिएको हो ।

    नारायणगढको लायन्सचोकस्थित पुरानो तरकारी बजारमा मेला आयोजना हुनेछ । ‘चितवनको समृद्धि : सूचना प्रविधि’ भन्ने मूल नारासाथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षासम्बन्धी सामग्री, मोबाइल, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने र कलेज एवम् परामर्शदाताका ८१ कक्ष रहने मेलाका मूल समिति संयोजकसमेत रहनुभएका क्यान चितवन शाखाका अध्यक्ष सन्तोष जनक भुषालले जानकारी दिनुभयो ।

    सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष भुषालले बताउनुभयो । उहाँले सूचना प्रविधि, मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नाका साथै सक्षम, स्वावलम्बी र प्रविधिमैत्री युवा जनशक्ति निर्माण गर्न मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    मेलामा पहिलोपटक ‘ह्याकाथन’ आयोजना गरिने पनि भुषालले जानकारी दिनुभयो । ‘ह्याकाथन’ एक यस्तो सभा हो जहाँ प्रोग्रामरहरूले कम समयको अवधिमा एक चरम तरीकाले सहकार्य गर्दछन्।

    आयोजकका अनुसार मेलामा आईटीसम्बन्धी अन्तरक्रिया, विभिन्न प्रतियोगिता, डिजिटल नेपाल प्रविधि प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोबोटिक्स प्रदर्शनी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी सचेतना कार्यक्रम राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.