सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चिनियाँ सहयोगमा वर्णशङ्कर धानको रोपाइँ सुरु


  •    न्युजभित्तो/२७ श्रावण २०८२, सोमबार १३:५२ 
  • चितवन, २६ साउन । चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो । सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ । हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ ।

    धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताउनुभयो । आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

    नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उहाँले यहाँ राम्रो उत्पादन हुने वर्णशङ्कर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

    कार्यक्रममा राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताउनुभयो । चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उहाँले बताउनुभयो ।

    यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ ।” चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धिलाई नेपाललाई हस्तान्तरण गर्न लागेको उहाँको भनाइ थियो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताउनुभयो । परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु बराललगायतले बोल्नुभएको थियो ।

    बरालका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ । यस क्रममा कृषकलाई तालिमसमेत दिइँदै छ । विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ ।

    नेपालमा हालसम्म एउटा मात्रै वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ । त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले जानकारी दिनुभयो । कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.