सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा


  •    न्युजभित्तो/२७ श्रावण २०८२, सोमबार ११:२४ 
  • काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ । लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ । यसै क्रममा आइतबारदेखि बौद्धमा रोपाइँ जात्रा सुरु भएको छ ।

    गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

    आइतबार घिनतिङना आयोजना गरियो भने आज रोपाइँजात्रा र -यालीको आयोजना गरिनेछ । रोपाइँजात्रामा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँक्री, घोडा र विद्यालयको प्रस्तुती रहनेछ । बौद्ध स्तुप परिक्रमा गरेर सुरु हुने रोपाइँजात्रा बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल, बौद्ध गेटसम्म परिक्रममा गरिने आयोजक समितिले जनाएको छ । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा ९घोनाइ० सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध छ ।

    यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, बाल लाखे, युवा लाखे, झाँकीलगायत विभिन्न विधामा प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमङ्गल लामाले जानकारी दिनुभयो ।

    त्यसैगरी काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्न महानगरबाट यस वर्ष रु १५ लाख विनियोजन गरिएको छ ।

    गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । जानकारका अनुसार, सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको हो । खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ ।

    बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । जात्रामा सहभागी हुने विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसाल चोकसम्म पुगी पुनः बौद्धस्तूप परिसरमा फर्कने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.