सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो


  •    न्युजभित्तो/२७ श्रावण २०८२, सोमबार ११:१३ 
  • बैतडी, २६ साउन । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ ।

    खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तको भनाइ छ । यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउँछ ।

    उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्रायः छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ ।

    यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान जारी राखेको छ । तर अहिलेसम्म ठोस् रुपको उपचार पद्धति भने विकास हुन सकेको छैन ।
    यस्तै जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तको भनाइ छ । लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, विस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखापर्ने गरेका छन् ।
    लम्पी स्कीन देखिएका पशुबाट नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.