सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार ११:१८ 
  • तनहुँ, २५ साउन । वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरुप हालसम्म उक्त रकम उपलब्ध गराइएको वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।” विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिसम्म जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको ज्यान गएको छ ।

    “चितुवा आतङ्क बढ्न थालेपछि जिल्लाका आठ स्थानमा चितुवाका लागि खोर राखिएको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय बन्दीपुर क्षेत्र बढी प्रभावित देखिएकाले पासो राखिएको छ ।” बन्दीपुरका पाँच सामुदायिक विद्यालय र मानिसको जमघट हुने सार्वजनिकस्थलमा चितुवाको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतनामूलक होडिङ बोर्डसमेत राखिएको कार्यालयले जनाएको छ ।

    चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिकामा बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की ८ वर्षीया सुप्रीति थापा, बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम थापा र बन्दीपुर–३ की ११ वर्षीया डिना चेपाङ हुनुहुन्छ । यसैगरी, व्यास नगरपालिका–१२ छर्कनका ८ वर्षीय अभिनव कुँवर, भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ की ४ वर्षीया रञ्जिता लम्साल, भानु–२ की ८ वर्षीया पुष्पा अधिकारी, सोही वडाका १० वर्षीय अमृत गुरुङ र ७ वर्षीय ऋतिक रोकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

    त्यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का २ वर्षीय रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का ८ वर्षीय पुजन सिञ्जाली, बन्दीपुर–४ का ११ वर्षीय इसाक सुनार र शुक्लागण्डकी–२ नारायण राना, बन्दीपुर गाउँपालिका–५ याम्पाका १३ वर्षीय सुन्दर अछामी र ९ वर्षीया अनुजा विकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

    कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.