सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार ११:०७ 
  • दमौली (तनहुँ), २५ साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ नागरिकता, पाँच हजार ४८४ सिफारिस, एक हजार ४६७ गुनासो, सात सय ९४ संस्था दर्तारनवीकरण, छ सय छ नाबालक परिचयपत्र, एक सय ८२ जनालाई हातहतियार नवीकरण र नामसारीसम्बन्धी सेवा प्रदान गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको अधिकारीको भनाइ छ । जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमध्ये सात महिला र २८ पुरुष रहेको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा तीन महिलाको नागरिकता रद्द गरिएको छ ।

    कार्यालयले सो आवमा १७ हजार ८६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ । ती मध्ये आठ हजार ७१८ नयाँ नागरिकता र नौ हजार १५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुका आधारमा) आठ हजार ६७६, वंशज (आमाका आधारमा) तीन, गैरआवासीय २९ र वैवाहिक अङ्गीकृत १० नागरिकता वितरण गरिएको छ ।

    नागरिकता प्राप्त गर्नेमा चार हजार ४५९ महिला र चार हजार २५९ पुरुष छन् । प्रतिलिपितर्फ वंशजका आधारमा चार हजार ४७७ महिला, चार हजार ६६४ पुरुष, वैवाहिक अङ्गीकृत आठ र जन्मसिद्ध दुई नागरिकता वितरण गरिएको छ ।

    मासिक रूपमा साउनमा एक हजार ८६९, भदौमा एक हजार १८६, असोजमा सात सय ९१, कात्तिकमा एक हजार ८०२, मङ्सिरमा एक हजार ४३५, पुसमा एक हजार २४४, माघमा एक हजार ६०१, फागुनमा एक हजार १९७, चैतमा एक हजार ४२४, वैशाखमा एक हजार ३६५, जेठमा दुई हजार १९१ र असारमा एक हजार ७६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले एक वषमा छ सय नाबालक परिचयत्र वितरण गरेको छभने छवटा प्रतिलिपि वितरण गरेको छ । यस्तै पाँच हजार एक महिला, आठ हजार ४५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार ७१५ राहदानी विवरण सङ्कलन गरिएकामा चार हजार ४५८ महिला र सात हजार ७४५ पुरुष गरी १२ हजार २०३ राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ ।

    सो अवधिमा १२ हजार ९९६ महिला र १७ हजार ६६४ पुरुष गरी ३० हजार ६६० जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । कार्यालयमा आएका ६४ हजार ६८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.