सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुडान घोटालाका ठेकेदार भारती कारागारमुक्त, सर्वोच्चले दियो बाहिरै बसेर मुद्दा लड्ने सुविधा


  •    न्युजभित्तो/२० पुष २०७६, आईतवार २१:२० 
  • काठमाडौँ । सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् ।

    न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आज भारती धरौटीमा छुटेका हुन् । अदालतले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएपछि भारती कारागारमुक्त भएका हुन् ।

    कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख रुपैयाँ बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । भारतीले सो रकम बुझाएका छन् ।

    सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो । पूर्व महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको थियो ।

    के हो सुडान घोटाला ?

    संयुक्त राष्ट्रसंघको अनुरोधमा सुडानका लागि नेपाल प्रहरीबाट खटाइएको फर्म्ड पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरूको खरीदमा भएको अनियमिततालाई सुडान घोटाला वा सुडान काण्ड भनेर चिनिन्छ । प्रहरी कल्याण कोषबाट खर्च गरी सुडान मिसनमा पठाउने भनी किनिएको एपीसीलगायतका स्पेयर पार्टसहरूको सुरू खरीद विधिदेखि नै चरम लापरबाही र बदनियत रहनुका साथै बेकम्मा अवस्थामा सुडान पोर्टमा आठ थान एपीसीहरू प्रयोगहीन अवस्थामा रहेको, ती एपीसीहरूको यूएनबाट कुनै सोधभर्ना प्राप्त नभएको र हुनसक्ने अवस्था पनि नभएकोले र सो लगानी पूरै डुबेकोले उक्त खरीद प्रक्रियामा विभिन्न चरणहरूमा संलग्न हुने सञ्चालक समितिमा सहभागी भई निर्णय अनुमोदन र सदर गर्ने जिम्मेवार अधिकृतहरूको लापरबाही र वदनियतपूर्ण कार्यबाट नेपाल राष्ट्रको र समग्र प्रहरी सङ्गठनको इज्जत प्रतिष्ठामा आँच पुगेको अवस्था आई सुडान मिसनमा पुनः थप एपीसीहरू खरीद गरी थप लगानी गर्नुपरेको समग्र घटना क्रमलाई सुडान घोटाला भन्ने गरिएको छ्र ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.