प्रदेश ३को सोमबारको बैठकमा राजधानीको प्रस्ताव पेश गरिने, मंगलबार मतदान हुने
न्युजभित्तो/२० पुष २०७६, आईतवार २१:०६
हेटौँडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताउनुभएको छ ।
प्रदेशसभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उहाँले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराउनुभएको हो । पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उहाँले बताउनुभयो । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उहाँले जानकारी दिनुभयो ।
राजधानीका लागि सम्भावित भनि तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उहाँको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताउनुभयो । निर्णयार्थ छलफलमा जाँदा वर्णमाला (अल्फाबेट)का आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उहाँले जानकारी दिनुभयो ।