सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज


  •    न्युजभित्तो/२४ श्रावण २०८२, शुक्रबार ११:१९ 
  • सिरहा, २३ साउन । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गर्नुभएको हो ।

    नगरपालिकाले प्रत्येक महिनामा फरकफरक वडामा पुगेर सो प्याकेज वितरण गर्दै आएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्नका साथै गर्मी र वर्षात्को समयमा हुने लामखुट्टेको प्रकोपबाट बच्न झुल पनि प्रदान गरिएको छ ।

    नगरप्रमुख चौधरीले पोषण प्याकेज वितरण कार्यक्रममा भन्नुभयो, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषण अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा अझ प्रभावकारी ढङ्गले यसलाई विस्तार गरिनेछ ।”

    स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गरी प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार, “नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।”

    महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यस अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन र सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.