सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार १६:०८ 
  • बैतडी, २२ साउन । लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले जानकारी दिँदै मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो । बैतडीका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन् । सानो असावधानीले क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ । साथै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाईसमेत तयारी अवस्थामा राखिएको बताइएको छ । आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, घर छाड्दा परिवारलाई जानकारी गराउन, मोबाइल तथा सञ्चारका साधन चार्ज गरेर राख्न, आवश्यक कागजात सुरक्षित राख्न तथा आकस्मिक उद्धारका लागि तयार रहनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

    यस्तै, सम्भावित विपद्का घटनाबारे तत्काल नजिकैको सुरक्षाकर्मी वा वडा कार्यालयमा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको हो । विगत वर्षमा जस्तै यस वर्ष पनि मनसुन अवधिभर प्रशासनले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘डिजास्टर अलर्ट’ प्रणाली, सूचना प्रवाह तथा उद्धार संयन्त्रलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    मनसुनको समयलाई संवेदनशील जनाउँदै प्रशासनले नागरिक, सञ्चारकर्मी, सङ्घ संस्था स्थानीय स्वयंसेवकलाई एकीकृत रूपमा विपद् व्यवस्थापनमा सहकार्य गर्नसमेत प्रशासनले आग्रह गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.