सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार १४:३५ 
  • सिमकोट (हुम्ला), २२ साउन । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने याुवा बढेपछि जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको हो ।

    तिलगाउँका वडा सदस्य पेन्पातुण्डुप लामाका अनुसार बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ । उहाँले बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि यहाँको जमिन बाँझिएको भन्दै केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँमा खेती हुन छोडेको बताउनुभयो । उहाँका अनुसार तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको छ ।

    जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुञ्जोक तामाङले बताउनुभयो । “यतिबेला उवाबाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको छ । गाउँमा ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ”, उहाँले भन्नुभयो ।

    ‎सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको स्थानीय कोनुर्बु तामाङले बताउनुभयो । यसैवर्ष हल्जीगाउँ छोड्नु भएका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको उहाँको भनाइ छ । “जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो भएको हो ।

    नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ यहाँको खेतीयोग्य जमिन बाँझो रहनु भनेको लिमी विस्तारै मानिसविहीन हुँदै जानुको अवस्था सृजना भएको बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घ सरकारले स्थानीयलाई आधारभूत आवश्यकतासहित रोजगारी सृजना गरी गाउँ सुनसान हुनबाट बचाउनुपर्नेमा उहाँले जोड दिनुभयो । लिमीका केही बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद् पक्ष भएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.