चितवन । चितवनको रत्ननगरमा वन मौरीले चिलेर आज एक वृद्ध महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्वर ९, बेलटाँडीकि ७६ वर्षीया ठगिया थारुको मौरीले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
घरमै बसिरहेको बेला दिउँसो २ बजे एक्कासी वन मौरीको हुल आएर चिल्दा गम्भीर घाइते भएकी ठगियालाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।