सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनको भाउ अहिलेसम्मकै उच्च, बीस दिनमै चार हजारले वृद्धि


  •    न्युजभित्तो/२० पुष २०७६, आईतवार १५:२८ 
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार तोलाको ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलाको ७५ हजार पाँच सय कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार दुई सय कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार दुई सय थियो । चाँदीको मूल्य भने प्रतितोला नौ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य नौ सय नै थियो ।

    यही पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला चार हजार रुपैयाँले वृद्धि भएको छ । पुस १ गते प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ ।

    सुनचाँदी व्यवसायी महासङ्का अनुसार गत मङ्सिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । गत मङ्सिर १ गते छापावाल सुन प्रतितोला ७१ हजार ८ सय, तेजाबी सुन ७१ हजार ५ सय र चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो महिनाको २० गते छापावाला सुन प्रतितोला ७१ हजार ७ सय, तेजावी सुन ७१ हजार ४ सय र चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुनमा प्रतितोला तीन हजार ८ सयले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.