सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्याबात्, सूर्योदय कृषि सहकारी : सय बिघामा सामूहिक खेती, ज्येष्ठ किसानलाई पेन्सन !

"पेन्सन कार्यक्रमका लागि माडी नगरपालिकाको सहयोग "

  •    न्युजभित्तो/२० पुष २०७६, आईतवार १४:०४ 
  • चितवन । चितवनको माडीमा सामूहिक खेती गरेको सूर्योदय कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई वार्षिक रुपमा पेन्सन दिने भएको छ । माडीको वडा नं ८, कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पेन्सन दिने तयारी गरिएको सहकारीका प्रबन्धक शिवजी गायकले जानकारी दिनुभएको छ ।

    सहकारीका प्रबन्धक गायकका अनुसार उक्त सहकारीमा अहिले ७० वर्ष नाघेका २१ जना किसान आवद्ध छन् । उनीहरुलाई संस्थामा स्थापना गरिएको अक्षयकोषको व्याजबाट एक हजार र माडी नगरपालिकाले उपलब्ध गराउने पाँच हजार गरि प्रति किसान छ हजार रुपैयाँका दरले वर्षेनी पेन्सन उपलब्ध गराइने गायकले बताउनुभयो ।

    सहकारीमा आवद्ध ज्येष्ठ किसानको सम्मान र उनीहरुलाई थोरै भएपनि सहयोग पुर्याउन संस्थाले पेन्सन कार्यक्रम सञ्चालन गर्न लागेपछि माडी नगरपालिकाले अक्षयकोषमा एक लाख रुपैयाँसहित वार्षिक रुपमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ थप गरेर हौसला थपेको सूर्योदय कृषि सहकारीका प्रबन्धक गायकले बताउनुभयो । ‘नगरपालिकाले संस्थामा आवद्ध ७० वर्ष नाघेका किसानका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले सहकारीलाई उपलब्ध गराउँछ, हामीले संस्थाको तर्फबाट दिइने रकममा थप गरेर एकमुष्ठ छ हजार रुपैयाँ उपलब्ध गराउनेछौँ’ गायकले भन्नुभयो ।

    जीवनभर कृषिकर्ममा लागेका किसानलाई पेन्सन दिने कार्यक्रम ल्याएपछि माडी नगरपालिकाले त्यसमा रकम थप गरिदिदा आफुहरु थप उत्साहित बनेको र आगामी दिनमा अक्षयकोष बढाउन लागिपर्ने गायकले बताउनुभयो । उहाँका अनुसार सहकारीको आगामी वर्षको साधारणसभादेखि संस्थामा अबद्ध ज्येष्ठ किसानलाई पेन्सन वितरण गरिने छ ।

    सहकारीका प्रबन्धक गायकका अनुसार किसानका लागि किसानको सहभागीतामा आधारित भएर यो पेन्सन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पेन्सन कार्यक्रमका लागि सहकारीमा आबद्ध ८६ घरले प्रतिघर एक हजार रुपैयाँ अक्षय कोषमा जम्मा गर्नेछन् । माडी नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै अक्षय कोषमा सहकारीका प्रबन्धक गायकले २५ हजार रुपैयाँ, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले १० हजार रुपैयाँ कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । जसबाट अक्षयकोषमा दुई लाख ३१ हजार रुपैयाँ जम्मा हुने छ ।

    अक्षयकोषको व्याजबाट आएको रकम र माडी नगरपालिकाबाट प्रति किसान पाँच हजार रुपैयाँका दरले प्राप्त रकम गरेर ७० वर्ष नाघेका प्रत्येक किसानलाई वर्षेनी छ हजार रुपैयाँ प्रदान गर्न लागिएको गायकले बताउनुभयो । उहाँका अनुसार अक्षयकोष वृद्धिका लागि अभियान नै सञ्चालन गरिने छ भने अक्षयकोषको छुट्टै समिति र विधानसमेत बनाइने छ ।

    माडीको कान्तिपुरमा गत वर्षदेखि एक सय बिघामा सामूहिक खेती गरिएको छ । माडीमा शुरु गरिएको सामूहिक खेती देशभरकै लागि उदाहरणीय बनेको छ । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको र सामूहिक उत्पादनलाई जोड दिएको बताउनुभयो । ढकालले भन्नुभयो– ‘समाजवादको आधारशिला सामूहिक खेती हो, सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.