सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता


  •    न्युजभित्तो/१६ श्रावण २०८२, बिहीबार ११:१५ 
  • जुम्ला, १५ साउन । जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ ।

    सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट रु एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

    यस कार्यालयको चालुतर्फ रु एक करोड ६८ लाख १२ हजार विनियोजन बजेटमध्ये रु एक करोड १३ लाख ८७ हजार अर्थात् ६७ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा बजेट रु एक अर्ब ६५ करोड ४० लाख ७६ हजार विनियोजनमध्ये पुँजीगततर्फ खर्च हुन नसक्दा रु ७५ करोड दुई लाख ६९ हजार ‘फ्रिज’ गएको हो ।

    ७६ वटा ठेक्काबाट सञ्चालन हुने सबै योजनाको काम सम्पन्न नहुँदा बजेट फिर्ता गएको कार्यालयले जनाएको छ । ती योजनालाई बहुवर्षीय बजेट सुनिश्चततामा ढिलाइ हुँदा बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो । उपझोक्ता समितिबाट निर्माण हुने करिब ३० वटा योजनाको रकमसमेत फ्रिज गएको छ ।

    सबैभन्दा बढी डोल्पा र जुम्लाका योजनाका लागि आएको बजेट फिर्ता गएको छ । साविको माथिल्लो कर्णालीका जुम्लालगायत कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाको बजेट सदुपयोग नहुँदा करोडौँ बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाले जनाएको छ ।

    यसैगरी, सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ रु ७१ करोड ५५ लाखमध्ये रु ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । रु १५ करोड ४२ लाख ६३ हजार फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.