सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तारापुञ्जको परिचयात्मक तथा सहकारी शिक्षा कार्यक्रम


  •    न्युजभित्तो/२० पुष २०७६, आईतवार ००:२० 
  •     लक्ष्मण गौतम

    चितवन । भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध नयाँ सदस्यहरुलाई परिचयात्मक तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले सञ्चालक समिति, उपसमिति र नयाँ सदस्यहरुबीच शनिबार परिचयात्मक तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार गोवर्धन गौली प्रमुख अतिथि तथा जिल्ला बचत संघका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रमुख तेजेन्द्र बहादुर खड्का तथा संस्थाका अध्यक्ष सुदीप रेग्मी बिशिष्ट अतिथि रहनुभएको थियो । पछिल्लो समय संस्थामा आवद्ध भएका करिब ७०जना सदस्यहरुबीच भएको कार्यक्रममा तेजेन्द्रबहादुर खड्का र यमकला सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

    त्यस अवसरमा सहकारी संस्थामा आवद्ध भएपछि हुने फाईदालगायत सहकारी शिक्षाका बारेमा जानकारी गराइएको थियो । सोही अवसरमा संस्थाले तयार गरेको श्रब्यदृष्य देखाउनुका साथै संस्थाका उपाध्यक्ष श्रीराम देवकोटा र सचिव रेगन पन्तले संस्थाको हालको अवस्था र गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

    तारापुञ्ज रिसोर्टमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता शिक्षा समिति संयोजक हरि वस्तीले गर्नु भएको थियो भने सञ्चालक समितिका सदस्य पवित्रा पौडेलले स्वागत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.