सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जनचेतना जगाउने काम भइरहे पनि छाउप्रथा अन्त्य भएको छैन’


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार १६:०३ 
  • टीकापुर, ८ साउन । छाउप्रथा उन्मूलन नहुँदा महिलाको सुरक्षा जोखिम घट्न सकेको छैन । टीकापुर नगरपालिका– ८, ७ र २ लगायतका वडामा अझैँ छाउगोठ रहेका अधिकारकर्मी महिलाहरु बताउँछन् ।

    स्थानीय कमला न्यौपानेका अनुसार छाउ प्रथाका कारण माहिलामाथि विभेद गर्नु कानुनी अपराध भए पनि समाजले अझैँ स्वीकारेको देखिदैन । ‘‘टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका ग्रामीण बस्तीमा अझैँ केही घरमा छाउगोठ छन्, छाउगोठ असुरक्षित छन्’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवालाले जनचेतना जगाउने कार्य गरिरहे पनि समाज सुधार्न सकिएको छैन ।’’

    छाउप्रथाकै कारण महिलाको ज्यान नै जोखिममा पर्ने गरेको छ । महिनावारी भएका बेला छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाइँको केही दिनअघि निधन भयो । छाउगोठमा सर्पले राति डस्दा उहाँको मृत्यु भयो । कमलाको मृत्युपछि छाउ कुप्रथाबारे सुदूरपश्चिमका जिल्लामा फेरि बहस थालिएको छ ।

    छाउगोठमा बस्दा महिलालाई सर्पले डस्ने, हिंसा तथा असुरक्षा बढ्ने गरे पनि परम्पराका नाममा महिलामाथि अन्याय भइरहेको शिक्षक करुणा शर्माले बताउनुभयो । “ छाउपडी कु प्रथाले किशोरी तथा महिलालाई हिंसामा पारेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘समाजले बुझ्ने, परिवारले सुरक्षा पहिलो अधिकार हो भनी सम्झने गर्नुपर्छ । महिनावारी पाप होइन भन्ने मानसिकता विकास आवश्यक छ ।’’

    टीकापुर–८ मा अझैँ छाउगोठ देख्न सकिन्छ । विगतमा धेरै सङ्ख्यामा रहेका केही गोठ भत्किए पनि केही गोठ पुनःनिर्माण भएका छन् । मानिसलाई सम्झाउदा पनि अझैँ सुधार नआएको वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुहुन्छ । ‘‘हामीले स्थानीय महिलाकै सक्रियतामा अघिल्लो कार्यकालमा छाउगोठ भत्कायौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘केही घरमा घरभित्र सुत्न थालियो तर केही घरमा पुनः गोठ निर्माण भए । समाजलाई नियमित सचेत गराउँदा पनि लापरबाही गरिरहेको देखिन्छ ।’’

    जानकी गाउँपालिका–८, ९ लगायतका वडामा पनि छाउगोठमा अझैँ महिला बस्छन् । महिलाको सुरक्षाका लागि जोखिम रहेका छाउगोठ भत्काउन पालिकाले अभियान चाले पनि समाजले अभ्यास गरिरहेको वडा नं ८ का वडाध्यक्ष तीर्थराज उपाध्याय बताउनुहुन्छ । ‘‘हामीले थप सचेतना फैलाउनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘कानुनी व्यवस्थाबारे जानकारी दिने र कारबाहीका कार्य गरेमा मात्र सुधार हुने देखिएको छ ।’’

    छाउ प्रथा उन्मूलनका लागि गरिएका पहल सार्थक हुन नसकेका सरोकारवालाकै भनाइ छ । कानुनी रुपमा छाउप्रथा मान्नु अपराध भए पनि कार्यान्वयमा आउन सकेको छैन । टीकापुर नगरपालिकाले २०७७ सालमा कार्ययोजना बनाएर जनप्रतिनिधि सहितको सहभागितामा छाउगोठ भत्काएको थियो । महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह भन्नुहुन्छ ‘‘छाउप्रथा बार्ने, अलग्गै गोठमा सुत्नेहरु अझैँ छन् । मानिसका गलत मानसिकता भत्काउन सकिएको छैन ।’’

    महिनावारी भएका बेला सरसफाइ र पोषणमा ध्यान दिनुपर्नेमा गोठमा राख्ने, खान नदिने कुरा गलत भएको टीकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवाली बताउनुहुन्छ । ‘‘महिनावारी पाप होइन, यो त सन्तान जन्माउनका लागि महिला सक्षम हुनु हो भनी खुसी मनाउने कुरा हो’’, उहाँ भन्नुहुन्छ, ‘‘महिनावारीमा समयमा सरसफाइ नपुग्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको छ । पर्याप्त सरसफाइ, आराम र पोषिलो खानेकुरामा मात्र ध्यान दिनुपर्छ ।’’

    स्वास्थ्यकर्मी ज्ञवाली हरेक अभिभावक र महिनावारी उमेरका महिला आफैँ सचेत हुन आवश्यक रहेकामा जोड दिनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.