सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक विकास कार्यालय म्याग्दीद्वारा ८४ वटा योजना कार्यान्वयन


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार १६:०१ 
  • म्याग्दी, ८ साउन । सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्ये ८४ वटा योजना र कार्यक्रम कार्यान्वयन भएका हुन् ।

    कार्यालयका प्रमुख तारानाथ सुवेदीले ३८ वटा कार्यक्रममध्ये एउटा कार्यान्वयन नभएको बताउँदै पुँजीगतका २७ मध्ये २४ वटा योजना कार्यान्वयन भएका जानकारी दिनुभयो । “विद्यालय पूर्वाधार र शिक्षासम्बन्धी चालुतर्फका २३ मध्ये सबै कार्यक्रम सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “कुल रु चार करोड ८० लाखमध्ये रु तीन करोड ९४ लाख ६३ हजार खर्च भएको छ ।”

    पुँजीगत शीर्षकमा रु एक करोड ४२ लाख २९ हजार विनियोजन भएकामा रु एक करोड १४ लाख २५ हजार र चालुतर्फ रु तीन करोड ३८ लाख २५ हजार विनियोजन भएकामा रु दुई करोड ८० लाख ३८ हजार खर्च भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    अन्नपूर्ण गाउँपालिका–५ को शिख र धवलागिरि गाउँपालिका–७ को हेम नमूना आवासीय माविमा सञ्चालित आवासीय विद्यालयको छात्रावास भवनमा पूर्वाधार निर्माणका लागि रु आठरआठ लाख अनुदान दिइएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच बढाउन आवासीय विद्यालय सञ्चालनका लागि आवासीय विद्यालय सञ्चालन भएको उहाँले बताउनुभयो ।

    कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिक स्थलहरूको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    यस वर्षका योजनामार्फत खेलमैदान, विद्यालय भवन मर्मत, घेराबार, सामुदायिक भवन, मन्दिर निर्माण भएका छन् । किशोरीको आत्मरक्षा, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, उद्यमीलाई अनुदान, महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नेलगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

    विसं २०८१ मङ्सिरदेखि फागुन तेस्रो सातासम्म कार्यालयविहीन बनेको सामाजिक विकास कार्यालयका कर्मचारीले तीन महिनासम्म तलबसमेत खान पाएका थिएनन् । गत फागुन अन्तिम साता आएका कार्यालय प्रमुख सुवेदीले छोटो अवधिमा उपलब्ध जनशक्ति परिचालन गरी जनप्रतिनिधिहरूसँग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहनुभएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.