सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको इतिहासमै पहिलो पटक नारायणी किनारमा ऐतिहासिक महायज्ञ


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार १९:११ 
  • नारायणगढ । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढस्थित नारायणी नदी किनारमा महायज्ञ हुने भएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६ हुने लागेको हो ।

    एक महिनासम्म सञ्चालन हुने महामहोत्सव आगामी माघ ११ गतेदेखि नारायणी नदी किनारमा गर्न लागिएको शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलमा महायज्ञका प्रमुख वाचक वालयोगेश्वर महाराजले नेपाल भ्रमण वर्ष २०२० को पावन अवसरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, भरतपुर २३ जगतपुरमा रहेको पशुपतिनाथ मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने, चितवनमा नै पहिलो आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सरबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको बताउनुभयो ।

    कोटिहोम पीठाधीश धर्मपाल गुरु वशिष्ठको सनिध्यतामा हुने कोटिहोम यज्ञबाट जलवायु परिवर्तन तथा वायु प्रदुषणलाई न्यूनिकरण गराउनका लागि विभिन्न जडिबुटि तथा तरल पदार्थबाट हवन गरिने बालयोगेश्वरले बताउनुभयो । एक महिने महायज्ञमा देशभरका १० लाख भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महायज्ञमा ३५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको एक जना, ६० हजार रुपैयाँ दान गर्ने व्यक्तिको दुई जना, ८५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको तीन जना र एक लाख रुपैयाँ दान गर्ने व्यक्तिको चार जना परिवारलाई हेलिकप्टरमा चढाएर कोटिहोम महायज्ञ स्थलबाट पवित्र तीर्थस्थल देवघाट र मौलाकालिका मन्दिरको दर्शन गराइने बालयोगेश्वरले जानकारी दिनुभयो ।

    त्यस्तै, महायज्ञअवधिभरी कन्या तथा ज्येष्ठनागरिकको सम्मान गरिने, निःशुल्क रुपमा ब्रतबन्ध गरिने, पाँच हजार एक सय रुपैयाँमा पञ्चेबाजा सहित विवाह गराएर गाडीमा घर पढाउने तथा निःशुल्क रुपमा जन्तीलाई समेत भोज खुवाउने व्यवस्था गरिएको महायज्ञका मूल वाचक वालयोगेश्वरको भनाइ छ । पैसा नभएर विवाह कर्म गर्न नसकेका व्यक्तिलाई लक्षित गर्दै पाँच हजार एक सय रुपैयाँमा विवाह गराउन लागिएको उल्लेख गर्दै वालयोगेश्वरले विवाह गर्नका लागि संविधानले तोकेको उमेर पुगेका युवा युवती आएको खण्डमा विवाह सम्पन्न गरिने बताउनुभयो ।

    महायज्ञमा धर्मसंस्कृतिका साथै कला र सीपको पनि प्रदर्शन तथा प्रतियोगिता हुनेछ । आआफ्नो क्षमता प्रदर्शन गरी उत्कृष्ट हुनेलाई पुरस्कार व्यवस्था गरिएको छ । सबै धर्म, जातजाति र सम्प्रदायका व्यक्तिहरु बिनो भेदभाव यज्ञमा सहभागी हुन सक्ने बताईएको छ ।

    एक महिने महायज्ञबाट संकलन भएको रकममध्ये पाँच लाख रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तथा प्रमुख वाचक वालयोगेश्वरको तर्फबाट नेपाल पत्रकार महासंघ चितवन शाखाको अक्षयकोषका लागि पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरियो । महायज्ञबाट २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ भने करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    महायज्ञको पत्रकार सम्मेलनमा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनी, कोटिहोम पीठाधीश वशिष्ठ गुरुलगायतका विभिन्न व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.