काठमाडौँ सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजैदेखि शुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएका थियो ।
काठमाडौँ
सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजैदेखि शुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएका थियो ।