सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन उद्योग संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, अध्यक्षमा राजु पौडेल


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार १८:५१ 
  • भरतपुर । चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । संघको शनिबार भरतपुरमा सम्पन्न २८ औैं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका पौडेललाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

    संघको ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एशोसियट्स, वस्तुगत, गोल्डेन/प्रिमियम सदस्य एक/एक जना, इकाई सदस्य ५ जना, महिला उद्यमी र युवा उद्यमीबाट एक÷एक सदस्य गरी २७ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।

    संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज वस्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

    संघको सदस्यहरुमा प्रतिमा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, टंकप्रसाद उप्रेत, भोजराज खनाल, अम्बरबहादुर अधिकारी, मदन चिरञ्जीवि पोखरेल, विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, जीतबहादुर हमाल, गोपालप्रसाद गैरे, डा.प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्रबहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल र अमर घिमिरे रहनु भएको छ ।
    अब दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

    यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गभर्निङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गभर्निङ काउन्सीलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ । संघप्रतिको बढी जिम्मेवारी बहन गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष तोक्ने गभर्निङ काउन्सिललाई अधिकार प्रदान गरिएको छ ।

    संघको अधिवेशन चितवन क्षेत्र नं. १ का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै पाण्डेले उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्र कमजोर भए देशमा सम्मृद्धी नआउने भन्दै पूर्वाधार, उद्योग र रोजगार मार्फत सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रुपमा उद्योगी व्यवसायीलाई सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो । गफ गरेर नभई काम गरेर खाने बानीको विकास हुनुपर्ने उहाँको धारणा छ ।

    कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीम मोर, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्य कँडेल, लगायतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.