सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापतिले एकलौटी गर्नुभयो, पछिल्लो निर्णय सच्याउनुपर्छ : काँग्रेस वरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार १४:१५ 
  • चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पछिल्लो पटक एकलौटी ढङ्गले गरेका निर्णय सच्याए मात्र पार्टी एक हुने बताउनुभएको छ । पौडेलले आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग ‘सभापतिले एकलौटी रुपमा पुस ११ गते गरेको निर्णय’ सच्याउनुपर्ने बताउनुभयो ।

    पौडल समूहको बहिष्कारका बीच नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारीहरुको म्याद एक वर्ष थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।

    काँग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ ।’ उहाँले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाउनुभयो ।

    “पार्टीमा केही समस्या छन्”, पौडेलले भन्नुभयो, “समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।” उहाँले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताउनुभयो । “म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु”, उहाँले भन्नुभयो, “विकल्प कार्यकर्ताले खोज्छन् ।”

    नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो– ‘देशलाई भ्रष्टचारमुक्त र काँग्रेसलाई विकृति मुक्त बनाउन जरुरी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.