ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा ज्ञानबहादुर बिसुराल
"१३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित "
न्युजभित्तो/१८ पुष २०७६, शुक्रबार १५:२२
चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज भरतपुरमा आयोजित साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिनुभएको छ । बिसुराल नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को संस्थापक अध्यक्षसमेत बन्नुभएको छ ।
संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पुरु खनाल, हरिकृष्ण खनाल, घनश्याम पौडेल, दिपेश श्रेष्ठ, सुनिल ढकाल, ओमप्रकाश कार्की, सन्जीव ढकाल, बिजया देशार र अनुज बि सी निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघका नवनिर्वाचित प्रदेश अध्यक्षलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई साधारणसभाका प्रमुख अतिथिसमेत रहनुभएका नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
साधारणसभाका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका अध्यक्ष बिष्ट, विशिष्ट अतिथिद्वय नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोखरेल र नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल तथा अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन च्याम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई र रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
साधारणसभामा संघका चितवन शाखा सचिव मनोज रानाभाटले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराज उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नेपाल ह्याचरी उद्योग संघको विधानले अबदेखि संघका जिल्ला शाखाहरु नरहने व्यवस्था गरेको छ ।
पोल्ट्री क्षेत्रमा एक खर्ब २० अर्ब रुपैयाँ लगानी
नेपालमा तीन सय १० वटा ह्याचरी उद्योग रहेका छन् । ती ह्याचरीबाट ब्रोइलर, लेयर्स र कलर ब्रोइलर गिरीराज चल्लाको उत्पादन हुन्छ । नेपालमा रहेका कूल ह्याचरी उद्योग मध्ये झण्डै आधा उद्योग प्रदेश नम्वर ३ मा रहेका छन् । करिब ७० प्रतिशत चल्ला उत्पादन प्रदेश नम्वर ३ बाट हुने गर्दछ ।
बिगत एक वर्षदेखि ह्याचरी उद्योगहरुले उत्पादन लागतसम्म पाउन नसकेका नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउनुहुन्छ । कुखुराको लागि आवश्यक पर्ने दानाको कच्चापदार्थको मूल्य अत्यधिक मात्रामा बढेको कारण दानाको मूल्य वृद्धि हुँदा समग्र पोल्ट्री व्यवसाय (चल्ला, अण्डा र तयारी ब्रोइलर कुखुरामा) धेरै नोक्सानी सहनु परेको व्यवसायीहरु बताउँछन् ।
नेपालमा हाल ब्रोइलर चल्ला प्रति हप्ता ४५ लाख, लेयर्स चल्ला दुई लाख ७५ हजार गोटा, तयारी कुखुरा दैनिक ८ लाख केजी, अण्डा दैनिक ३५ लाख गोटा, दाना दैनिक चार हजार मेट्रिक टन उत्पादन हुने गर्दछ । पोल्ट्री क्षेत्रमा करिब एक खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको छ भने दुई लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ ।