सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगायो, यी हुन् १६जना उम्मेदवार


  •    न्युजभित्तो/१८ पुष २०७६, शुक्रबार १२:०७ 
  • काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पार्टीको सचिवालय बैठकले १६जना उम्मेदवार तोकेको हो ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकमा अन्यबाट देवेन्द्र दाहाल, महिलाबाट इन्दु गौतम र दलितबाट गोपी अछामीलाई उम्मेदवार तोकिएको छ । प्रदेश दुईमा नेकपाले राजपासँग चुनावी तालमेल गरेको छ । जसमा नेकपाले दुईजना उम्मेदवार पाएकोमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानको नाम टुङ्ग्याएको छ ।

    त्यसैगरि, प्रदेश ३ मा अन्यमा बेदुराम भुसाल र महिलामा गंगा बेलबासेलाई चयन गरेको छ । गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ । प्रदेश पाँचमा अन्यबाट गोपाल भट्टराई, महिलाबाट विमला घिमिरे र अपाङ्गता भएकाबाट जगप्रसाद शर्मालाई उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको छ ।

    कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने सत्तारुढ नेकपाले निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.