सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागत मूल्य नजिक पाउन थाले किसानले अण्डाको मूल्य


  •    न्युजभित्तो/१९ असार २०८२, बिहीबार १७:०९ 
  • चितवन, १९ असार । गर्मी मौसमसँगै उत्पादन घटेपछि बढेको अण्डाको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले लागत नजिक मूल्य पाउन थालेपछि केही राहत महसुस गर्न थालेका छन् ।

    अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फर्महरुले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गरेको छ । फर्महरुको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको हो । शुक्रबारबाट लागू हुने गरी प्रतिक्रेट (३० वटा) को ठूलो अण्डाको चितवनको फार्मको मूल्य रु.४९५ कायम गरिएको छ । मझौता अण्डाको मूल्य रु.४६५ कायम गरिएको छ ।

    नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ । नयाँ मूल्य कायम भएसँगै किसानले ठूलो अण्डाको रु.१६.५० पाउने भएका हुन् । किसानले अझै लागत मूल्य पाउन सकेका छैनन् ।

    दाउन्ने एग्रो फार्मको ठूलो अण्डा प्रतिपेटी रु. ३ हजार ६५० र मझौला रु.३ हजार ४५०, हिमचुली पोल्ट्रीको ठूलो अण्डा रु. ३ हजार ६५५ र मझौता ३४५५, खिलुङकाली (जनकपुर एग्रो)को ठूलो अण्डा प्रतिपेटी रु. ३ हजार ६६०, मझौता रु. ३ हजार ४६०, सुविश पोल्ट्रीको ठूलो अण्डा रु. ३ हजार ६५५, मझौला रु. ३ हजार ४५५, भिज्जु पोल्ट्रीको ठूलो अण्डा रु. ३ हजार ६६०, मझौला रु. ३ हजार ४६०, शिवम् लेयर्स फार्मको ठूलो अण्डा रु. ३ हजार ६४५, मझौला रु. ३ हजार ४४५ कायम गरिएको छ ।

    नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ ।

    “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,” उहाँले भन्नुभयो “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २८–३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताउनुभयो । उहाँले भन्नुभयो “अण्डा हुनेले केही दिनमा लागत मूल्य पाउनेछन् ।”

    नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहनु भएका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । गत वर्ष पनि यस समयमा अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले थप्नुभयो “अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान विस्थापित हुन्छन् ।” अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन २५ प्रतिशत हाराहारी घट्ने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.