सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काङ्ग्रेसले रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने


  •    /१६ बैशाख २०७६, सोमबार १९:३१ 
  • काठमाडौँ
    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको चाहनाअनुरुप संसद्मा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।    
        
    प्रतिनिधिसभाको आजको बैठकमा उहाँले हालै बारा, पर्सा, रौतहट र धनुषामा हावाहुरीको प्रकोपले पीडित नागरिकलाई तत्काल राहत पु¥याउन र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले समृद्धिको यात्रामा मुलुकलाई निर्बाध रुपमा अघि बढाउनु हुनेछ भन्ने आशा थियो, अपेक्षा थियो । अभूतपूर्व ऐतिहासिक अवसरका बाबजुद सरकारले यो समय खेर फालेको छ । अबोध बालिका निर्मला पन्तको बलत्कार र हत्या गर्ने अपराधी अहिलेसम्म सरकारले फेला पारेको छैन । आम नागरिकबीच यस विषयमा सरकारको नियतप्रति आशङ्का उब्जिएको छ ।”    
         
    शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार असफल रहेको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ नारा ठूल–ठूलो स्वरले लगाउने सरकारले चालू आर्थिक वर्षको आठ महीनामा पूँजीगत खर्च बढाई विकास र निर्माणको कार्य अघि बढाउनेछ भन्ने आशा भए पनि सरकारको उपलब्धि निराशाजनक रहेको टिप्पणी गर्नुभयो । “विगतका सरकारले सम्पन्न गरेका योजना उद्घाटन गरेर आफँैले सम्पन्न गरेको हुँ भनी झूठ प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न सकेन । नेपालकै लगानीमा बूढीगण्डकी परियोजना कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुको सट्टा बिना टेण्डर, बिना प्रतिस्पर्धा ठूलो रकमको खर्चमा विदेशीलाई यो परियोजना सुम्पने प्रपञ्चमा सरकार लाग्यो । फलतः बूढीगण्डकी परियोजनाको भविष्य असुरक्षित हुन पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।    
        
    सरकारले विदेशी अनुदान निराशाजनक रुपमा लक्ष्यभन्दा निकै कम मात्रै ल्याउन सकेको बताउँदै उहाँले थप विदेशी लगानी भित्र्याउने कार्यमा पनि सरकारको उपलब्धि शून्यसरह छ भन्नुभयो । “वैदेशीक व्यापार घाटा निरन्तर रुपमा बढ्दै गएको छ । यसबाट अर्थतन्त्रको मूलभूत संरचना गम्भीर रुपमा दुष्प्रभावित हुने डर बढेको छ । दिनानुदिन नागरिक मूल्यवृद्धि मार खप्न बाध्य छन्”, सभापति देउवाले भन्नुभयो, “विगतमा मेरो नेतृत्वमा रहेको सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफँैले गरेको हुँ भनी तामझामका साथ प्रचार गरेर भ्रम छर्नेबाहेक यो कार्यमा अरू केही सफलता सरकारले प्राप्त गर्न सकेको छैन ।”    
        
    स्पाइनल इञ्जुरी, क्यान्सर, मुटु र मिर्गाैलासम्बन्धी रोगबाट पीडित अशक्त बिरामीलाई जीविकोपार्जनका लागि मासिक रु पाँच हजार भत्ता दिने आफ्नो नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरेको बताउँदै उहाँले चिकित्सा शिक्षा सुधारका लागि आफूहरुले गरेको प्रयास र प्रधानमन्त्री स्वयंको सार्वजनिक प्रतिबद्धता विपरीत चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो भन्नुभयो । पछिल्लो समय ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश बनेको उल्लेख गर्दै सभापति देउवाले खर्चमा अनियमितताको प्रवृत्ति र बेरुजु बढेकाले आर्थिक अपचलन र अनियमितता अभूतपूर्व रुपमा बढेको स्पष्ट हुन्छ भन्नुभयो ।    
        
    लोकतन्त्रलाई कमजोर पारेर, प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गरेर, संसद्लाई भूमिकाहीन बनाएर, प्रदेश र स्थानीय तहका सरकारको संविधान प्रदत्त अधिकारलाई सङ्कुचित गरेर समृद्धि सम्भव नहुने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.