सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानमारा महालक्ष्मी सुगरमिलमा तालाबन्दी, उखु किसानलाई करोडौँ रुपैयाँ तिर्न बाँकी


  •    न्युजभित्तो/१७ पुष २०७६, बिहीबार २१:२० 
  • सर्लाही । उखु किसानको २० करोड रुपैयाँ बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् ।

    उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत २० करोड रुपैयाँ बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य प्रतिक्विन्टल ५३५ रुपैयाँ पूरै उखु किसानले पाउनुपर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताउनुभयो ।

    गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको २० करोड रुपैयाँ बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् । उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्ता गरेका कारण उखु किसान तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

    उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताउनुभयो । उखु किसानले उद्योगबाट आफूहरुले २० करोड रुपैयाँ लिन बाँकी रहेको बताइरहँदा उद्योग सञ्चालक कनौडियाले भने उद्योगले १६ करोड रुपैयाँ मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको दावी गर्नुभयो । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताउनुभयो ।

    १४ करोड रुपैयाँ एक हप्ताभित्रमा र बाँकी दुई करोड रुपैयाँ केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । झुटो आश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताउनुभयो ।

    उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएपनि उद्योगले पुसको तेस्रो हप्ता लागिसक्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

    त्यसैगरी अन्नपूर्ण चिनी मिलले ४० करोड रुपैयाँ, श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ, इन्दिरा सुगर मिलले १० करोड रुपैयाँ, लुम्बिनी सुगर मिलले १० करोड रुपैयाँ र वाग्मती सुगर मिलले ११ करोड रुपैयाँ उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.