सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

"कलङ्की–महाराजगन्ज–धोवीखोला सडक अब ३१/३१ मिटर हुने "

  •    न्युजभित्तो/१७ पुष २०७६, बिहीबार २०:५४ 
  • काठमाडौँ । सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो ।

    बैठकले नौ जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ र ४ बमोजिम जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही गर्ने अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

    यस्तै बैठकले स्वयम्भू घ्याङगुठीको नाममा दर्ता भएको रसुवाको ११० रोपनी जग्गा बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गरेको छ । विसं २०७० साउन २४ गते माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना सञ्चालन गर्न नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिलाई स्वीकृति दिएको रसुवाको ७९.२७ हेक्टर वन क्षेत्रमध्ये ११० रोपनी मालपोत कार्यालय रसुवाले विसं २०७४ चैत ३० गते स्वयम्भू घ्याङगुठीको नाममा दर्ता कायम गरेको थियो । बैठकले २०७० साउन २४ गतेको निर्णयानुसार नै ७९.२७ हेक्टर जग्गा सोही कम्पनीलाई पूर्ववत् रुपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।

    बैठकले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुम म्याङलुङ नगरपालिका–१० का प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ का अशोकुमार राईलाई चार वर्षका लागि नियुक्त गरेको छ । यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा निवासी नरेशराज अर्याललाई पाँच वर्षका लागि पुनःनियुक्त गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले गैरकानूनीरूपमा लामो समयसम्म नेपाल बसोबास गरिरहेका चार इजिप्टेली नागरिकलाई नेपालबाट निष्काशन गर्ने निर्णय गरेको छ । उनीहरुको भिषा दस्तुर तथा विलम्ब शुल्क चार हजार ६४० अमेरिकी डलर तथा रु दुई लाख जरिवाना मिनाहा गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

    यसैगरी राष्ट्रिय मानवअधिकार आयोगको सिफारिशमा जगतबहादुर कार्कीलगायत १३ व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी रु १२ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    बैठकले उपभोक्ता संरक्षण नियमावली–२०७६, प्रदेश तथा स्थानीय तहमा अन्तरराष्ट्रिय विकास सहायता परिचालन मापदण्ड–२०७६, एक स्वास्थ्य रणनीति–२०७६, एकीकृत कानूनी सहायता नीति–२०७६, स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि– २०७६ र राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ स्वीकृत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.