सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित


  •    न्युजभित्तो/११ असार २०८२, बुधबार १२:०३ 
  • साङ्घाई, ११ असार । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ ।

    चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ ।

    दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार ९००लाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ ।

    राज्य प्रसारणकर्ता सीसीटीभीको फुटेजले प्रान्तको एउटा पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ । उद्धारकर्ताहरूले बासिन्दाहरूलाई बोकेर डुङ्गाहरूलाई हिलो, घुँडासम्म पानीमा धकेलिरहेका थिए र आपत्कालीन कर्मचारीहरू नजिकै आउँदा बालबालिका बाल विकास केन्द्रमा पर्खिरहेका थिए ।

    ‘पानी धेरै चाँडो बढ्यो’, स्थानीय लोङ तिआनले भने, ‘म तेस्रो तल्लामा उद्धारको पर्खाइमा बसेँ । दिउँसोसम्म मलाई सुरक्षित ठाउँमा सारिएको थियो ।’

    बाढी पीडितहरूका लागि चामललगायत आपूर्तिहरू पु¥याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो ।

    स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा ट्रक चालक यू गुओचुनले भत्किएको पुलको खण्डको छेउमा अड्किएपछिको आफ्नो डरलाग्दो उद्धारको वर्णन गरेका छन् ।

    ‘मेरो अगाडि एक पुल पूर्ण रूपमा भत्कियो’, उनले भने, ‘म धेरै डराएको थिएँ ।’

    बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ । सरकारी सञ्चारमाध्यमले त्यहाँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने उद्धारकर्ताहरूको भिडियो प्रकाशित गरेको छ ।

    भारी वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गत हप्ता दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    टाइफुन वुटिपका कारण आएको भारी बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा करिब ७० हजार मानिस विस्थापित भएका थिए ।

    चिनियाँ अधिकारीहरूले गत हप्ता ६ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो रातो चेतावनी जारी गरे । रातो चेतावनी देशको चारस्तरीय प्रणालीमा सबैभन्दा गम्भीर चेतावनी स्तर हो ।

    स्थानीय सरकारहरूले बासिन्दाहरूलाई समयमै चेतावनी जारी गर्न आग्रह गर्दै प्रभावित क्षेत्रका केही क्षेत्र ‘अत्यधिक प्रभावित हुने सम्भावना’ रहेको सिन्ह्वाले जनाएको छ ।

    वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाहरूलाई धेरै बारम्बार र धेरै तीव्र बनाइरहेको छ ।

    बेइजिङका अधिकारीहरूले यस हप्ता यस वर्षको अहिलेसम्मको सबैभन्दा तातो दिनमा राजधानीका लागि दोस्रो उच्च गर्मी चेतावनी जारी गरेका थिए ।

    गत वर्ष चीनको रेकर्डमा सबैभन्दा तातो थियो र पछिल्लो चार वर्ष अहिलेसम्मकै सबैभन्दा तातो थियो । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो, तर नवीकरणीय ऊर्जाको पावरहाउस पनि हो । चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा कटौती गर्न खोजेको छ । -राससरएएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.