सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन


  •    /१६ बैशाख २०७६, सोमबार १७:०५ 
  • इजिङ, (रासस)      
    राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।    
        
    बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गर्नुभयो ।    
        
    यस प्रदर्शनीको नारा ‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर) रहेको छ । १६२ दिनको यस प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन गर्नुभयो ।    
        
    राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य (ग्रेट ह्वाइट पगोडा) को अवलोकन गर्नुभयो । सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो इँटाले बनेको छ । यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ । सरिराको अर्थ बौद्ध अवशेष हुन्छ यो चैत्यको अग्लाइ करीब १६४ फिट छ इँटाले बनेको यस चैत्यमा चुन पोतिँदा यो सेतो देखिन्छ । यस संरचनाको माथिल्लो भाग उल्टो कचौराको जस्तो देखिन्छ । यसमा १३ तह रहेका छन् र छत तामाले बनेको छ । छतमा २५२ वटा साना गोलाकार छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.