सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा जिप खस्दा चार जनाको घटनास्थलमै मृत्यु


  •    न्युजभित्तो/१७ पुष २०७६, बिहीबार १९:०६ 
  • बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा आज दिउँसो करीब साढे १ बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपता भएका छन् ।

    धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज १०६४ नंको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा कर्णाली नदीमा खसेर दुर्घटना हुँदा चार जनाको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् । एक जना मृतकको सनाखत हुनसकेको छैन । दुर्घटनामा परी स्वामीकात्तिक गाउँपालिका–४ कि सुशीला विक बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उहाँकी दुई वर्षीया छोरी रहेकी प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिनुभयो ।

    दुर्घटनामा परी घाइते भएका र मृतकहरुको इलाका प्रहरी कार्यालय कोल्टी, प्रहरी चौकी पिलुचौर र सर्वसाधारणको सहयोगमा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.