सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनएमबी बैंकले दियो विद्यार्थीलाई ब्याग र स्वेटर


  •    न्युजभित्तो/१७ पुष २०७६, बिहीबार १४:४४ 
  • रत्ननगर (चितवन)  । एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो ।

    बैंकको नारायणगढ शाखाले बिहीबार विद्यालय प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा बैंकका प्रदेश नं. ३ का म्यानेजर दुर्गाराम पुरी, नारायणगढ शाखा प्रमुख विष्णु पौडेल, प्रमुख अतिथि रत्ननगर नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मालगायतले विद्यार्थीलाई झोला र स्वेटर वितरण गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा रहेका १४२ विद्यार्थीलाई एक/एक थान झोला र स्वेटर वितरण गरिएको थियो ।

    बैंकले दलित, आदिवासी र न्यून आय भएका विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयको छनोट गरी सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीहरु एकसरो सर्ट (कमिज) मा उपस्थित थिए । पुसको जाडोमा पनि विद्यार्थीहरुको पहिरनले उनीहरुको आर्थिक अवस्था झल्काईरहेको थियो ।

    विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, नगरपालिकाका सामाजिक विकास समिति संयोजक केशव आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष गुप्तनाथ भट्टराईलगायतले बोल्नु भएको थियो । उहाँहरुले बैंकले गरेको सामाजिक कार्यको सह्राना गर्नुभयो ।

    बैंकका प्रदेश म्यानेजर पुरीले देशभरका १६३ शाखाबाट बैंकले सेवा दिईरहेको बताउँदै चितवनमा मात्रै सात वटा शाखाबाट सेवा दिएको जानकारी दिनुभयो । आईएसओ मान्यता प्राप्त नेपालको एकमात्र बैंक एनएमबी रहेको बताउँदै उहाँले बैंकले नकारात्मक क्षेत्रमा लगानी नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मदिरा, सूर्तीजन्य पदार्थ जस्ता वस्तुको उत्पादन र व्यापारका लागि बैंकले लगानी गर्दैन ।”

    न्यून आय भएका परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा बैंकले गरेको सहयोगको वक्ताहरुले प्रशंसा गरेका थिए । बैंकको नारायणगढ शाखाले यस अघि भरतपुर २ आपटारीको भूमिहिन वस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.