सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पले इरानलाई चेतावनी दिँदै भने- बिनासर्त आत्मसमर्पण गर


  •    न्युजभित्तो/४ असार २०८२, बुधबार ११:०१ 
  • काठमाडौं, ४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।” एकपछि अर्को लगातर सामाजिक संजालमा पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको हो । एक अर्को पोष्टमा उनले इरानी सुप्रिम लिडर कहाँ छन् भन्ने थाहा भए पनि तत्काल उनको ज्यान नलिने बताएका छन् ।

    “हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ । उनी सजिलो लक्ष्य हुन्,” उनले भनेका छन्, “तर उनी त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्ने छैनौँ । कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ ।” ट्रम्पले नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार भएको हेर्न नचाहेको बताएका छन् “हाम्रो धैर्यता घट्दै गइरहेको छ । यो विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।”

    केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए । उनले भने, “ हामीसँग अब इरानको आकाशमा पूर्ण नियन्त्रण छ ।” इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन् । तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ । “अमेरिकाभन्दा राम्रो कसैले पनि यो गर्न सक्दैन,”उनले भनेका छन् ।

    अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, शुक्रबारदेखि आक्रमण सुरु भएपछि आधिकारिक रूपमा अमेरिका इजरायली हमलामा संलग्न नभएको बताइरहेको थियो । क्यानाडामा जी– ७ बैठकबाट छिटो फर्केपछि बिहान एकदम शान्त देखिएका ट्रम्पले अहिले सामाजिक संजालमा चिन्ताजनक पोष्ट गरेको बीबीसीले जनाएको छ ।

    इरान आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताउने ट्रम्पले प्रयोग गरेको हामी भाषाले अमेरिका इजरायलको साथमा रहेको र इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ । जबकी उनीहरूले केही दिनदेखि अमेरिका प्रत्यक्षरूपमा आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएका थिए ।

    ट्रम्पको पछिल्ला पोष्टहरुले अमेरिकाको फरक छवि प्रस्तुत गरेको छ । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.