सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत


  •    न्युजभित्तो/२९ जेष्ठ २०८२, बुधबार ११:०१ 
  • काठमाडौं, २८ जेठ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ । मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९।२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

    नेदरल्यान्ड्सका वेस्ली बारासीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एड्वार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोह क्रोएसले २२ रन थपे । नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । नेपालबाट पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका नन्दनले नौ ओभरमा एक मेडन फ्याक्दै ३९ रनमात्र खर्चिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक(एक विकेट हात पारे ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो । नेपालका मध्यक्रम ब्याटर आरिफ सेखले सर्वाधिक ८४ रन बनाए । उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

    यस्तै, कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले समान ३५ रन थपे । ओपनर कुशल भुर्तेलले १८ रन जोड्दा बसिर अहमेद र करण केसीले समान ११ रन जोडे । डेब्युट्यान्ट नन्दन यादव १० रनमा अविजित रहे । नेदरल्यान्ड्सका पउल भान मिकेरेनले चार विकेट लिए । माइकल लेभिटले तीन विकेट लिँदा आर्यन दत्तले एक रन थपे ।

    योसँगै नेपालले चारमध्ये तीन जित निकाल्दै स्कटल्यान्ड शृंखलाको अन्त्य गरेको छ । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग दुई रनको हार बेहोरेको थियो ।

    जितसँगै १६ खेलबाट नेपालले १२ अंक जोडेको छ । २३ खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.