सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेसँगै चितवनमा रगतको अभाव


  •    न्युजभित्तो/२८ जेष्ठ २०८२, मंगलवार १७:२१ 
  • भरतपुर, २७ जेठ । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । रगत संकलन यसको आधाजसो हुने गर्दा माग पूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले जिल्लामा भएका भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै मेडिकल कलेजलगायत निजी र प्राइभेट, सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दो भएकाले रगतको अभाव हुने गरेको बताउनुभयो ।

    मेडिकल सिटिका रुपमा विकासहुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो संख्यामा बिरामी आउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.