चितवन । चितवनमा पनि नेपाल भ्रमण वर्ष २०२०को आज शुरुवात गरिएको छ । चितवनको सौराहा र पटिहानीमा आज नेपाल भ्रमण वर्षको शुरुवात गरिएको हो । त्यस्तै, भ्रमण वर्षको शुभारम्भको अवसरमा भरतपुरमा पर्यटकहरुलाई स्वागत गरिएको छ ।
सौराहा
चितवनको सौराहाबाट प्रदेश नं ३ सरकारले नेपाल भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरेको छ । सौराहामा आयोजित कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, पर्यटनमन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा प्रदेश नम्वर ३ मा भ्रमण वर्षको उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।
पटिहानी
नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै चितवनको पर्यटकीय गन्तव्य भरतपुर–२२, पटिहानीको वडा कार्यालयले पनि भव्य कार्यक्रम आयोजना गरी पटिहानीमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । भ्रमण वर्ष शुभारम्भको अवसरमा पटिहानीका वासिन्दाले विदेशी पर्यटकलाई फूलमाला, स्थानीय झाँकी र संस्कृतिले स्वागत गरेका छन् । कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोले पर्यटकको सुविधाका लागि आवश्यक व्यवस्था गरिएकोले यो वडा भरतपुर महानगरकै नमुना वडा रहेको बताउनुभयो ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आफ्नो वडाको गैँडाचोकमा नेपालकै नमूना खुला आकाशे सडक ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माण गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयबाट विभिन्न भेषभुषामा सजिएर निकालिको र्याली नगर परिक्रमा गरी पटिहानी टाउनमा पुगेर समापन भएको थियो ।
बिमानस्थलमै पर्यटकको स्वागत
नेपाल भ्रमण वर्ष २०२०को शुभारम्भको अवसरमा आज भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले भरतपुर विमानस्थलमा पर्यटकलाई फूलमालाले स्वागत र सम्मान गर्नुभएको छ । मेयर दाहालसहित उपमेयर पार्वती शाह तथा स्थानीय वासिन्दाले पर्यटकहरुलाई बाजागाजा सहित स्वागत गर्नुभएको थियो ।
नेपाल भ्रमण वर्षको अवसरमा भरतपुर महानगरपालिकाले नारायणी नदि किनारमा आज बाघको आकृतिसहितको स्तम्भको शिलान्यास गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले शिलान्यास गर्नुभएको सो स्तम्भ निर्माण गर्न ३ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्तम्भ निर्माणका लागि ५० प्रतिशत लगानी निजी क्षेत्रबाट हुने र उक्त स्तम्भलाई नमूना पार्कको रुपमा विकास गरिने स्तम्भ निर्माण समितिका संयोजक दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।