सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रकृतिलाई मासेर हैन जोगाएर पर्यटन विकास गरौँ : राष्ट्रपति भण्डारी


  •    न्युजभित्तो/१६ पुष २०७६, बुधबार २०:१९ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को स्थानीय दशरथ रङ्गशालामा आज साँझ उद्घाटन गर्दै उहाँले दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताउनुभयो ।

    सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गर्नुभयो । पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उहाँले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरु एक जुट हुनुपर्छ ।”

    राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.