पोल्ट्रीको दिगो विकासका लागि नेपाल र भारतका विज्ञबीच चितवनमा छलफल
न्युजभित्तो/१७ जेष्ठ २०८२, शुक्रबार ०७:४१
चितवन, १६ जेठ । पोल्ट्रीजन्य क्षेत्रको दिगोपनाको प्रबद्र्धन तथा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल र भारतका विज्ञहरुबीचमा छलफल कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको हो ।
भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.सुविर सिंहका अनुसार भारतका पाँच जना र नेपालका दुई जना पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल र भारतका १०३ जना बढी वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माताहरु सहभागी भएको कार्यक्रममा भारतीय पोल्ट्री विज्ञान संघका प्रा.डा. पि.के शुक्ला र भारतको पोल्ट्री विज्ञान विभागाध्यक्ष डुभासु मथुराले कुखुरा क्षेत्रका नविनतम प्रवृत्ति र दिगो उत्पादन प्रणालीका विविध पक्षमा प्रस्तुती दिनु भएको थियो । यसैगरी “नेपालमा पोल्ट्री उद्योगः अनिश्चितताबीचको सम्भावना” विषयमा डा. दिनेश गौतम र प्रा.डा. सुबीर सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गर्नुभएको थियो ।
सो अवसरमा प्रा.डा.ए.एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । डा. विजयकुमार श्रेष्ठ र प्रा.डा.रेवन्तकुमार भट्टराईले संक्रामक रोगहरुको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखा पर्ने रोगहरु र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराउनुभयो ।
यस्तै डा. सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गर्नुभएको थियो । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रममा बिहार पोल्ट्री किसान महासंघका डा.पवनकुमारले बिहार राज्यको पोल्ट्री व्यवसायमा भैरहेका अभ्यासबारे अनुभव सुनाउनुभयो । सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।
पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासहरुका बारेमा छलफल भएको प्रा.डा. सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्री जन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उहाँको भनाई छ ।
कार्यक्रमको उद्घाटन सत्रमा पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदय सिंह व्यास, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. आईपि ढकाल लगायतले बोल्नु भएको थियो । डा. दिनेश गौतमले स्वागत गर्नुभएको कार्यक्रम इण्डियन पोल्ट्री रिभ्यूका अध्यक्ष संजय मुखर्जीले सञ्चालन गर्नुभएको थियो ।