सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उखु किसानका समस्या समाधान गर्न मानवअधिकार आयोगको आग्रह


  •    न्युजभित्तो/१५ पुष २०७६, मंगलवार २२:४२ 
  • काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानूनको प्रभावकारी कार्यान्वयनतर्फ संवेदनशील हुन आग्रह गरिएको छ ।

    उखुखेतीमा निर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा नागरिकको संविधानप्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने मौलिकहक कुण्ठित भएको देखिएको विज्ञप्तिमा छ । संयुक्त राष्ट्र सङ्घले अङ्गिकार गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी निर्देशक सिद्धान्त, २०११ ले व्यावसायिक क्षेत्रको समेत मानवअधिकार संरक्षण र सम्मान गर्ने जिम्मेवारी तथा पीडितलाई न्यायिक उपचारमा पहुँच पुर्याउने राज्यको दायित्वप्रति जिम्मेवार हुन आयोग स्मरण गराएको छ ।

    आयोगको विगतको अनुगमन तथा अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा किसानको अधिकार संरक्षणसम्बन्धी कानून निर्माणको सन्दर्भमा उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकका लागि कृषिउपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्न तीनै तहका सरकारलाई आयोगले सिफारिस गरेको पनि स्मरण गराएको छ ।

    सर्लाही, रौतहट, नवलपरासीलगायतका उखु किसानले विगत लामो समयदेखि चिनी उत्पादक कम्पनी (सुगर मिल) बाट उखुको रकम भुक्तानी नपाएको विषयलाई लिएर काठमाडौँ गरिएको प्रदर्शनप्रति आयोग गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    उखु किसानलाई उखु खरीद गरेबापत नेपाल सरकारबाट उपलव्ध गराउने भनिएको अनुदान रकम तथा चिनी उत्पादक कम्पनीले उखु खरीद गरेबापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम लामो समयदेखि सम्बन्धित किसानलाई उपलव्ध नगराएको विषय सम्बन्धमा कृषि तथा उद्योग मन्त्रालयबाट भएका कार्यको सम्बन्धमा जानकारी गराउन आयोगले पत्राचार गरेको छ । यस सम्बन्धमा आयोगको टोलीले २ नं प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा सर्लाहीका किसान तथा चिनी मिल सञ्चालकसँग समेत भेटी छलफल गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.