सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस २९ देखि माघ ४ गतेसम्म भरतपुर–१४, सुन्दरवस्तीमा दोस्रो बेलोध खिचरा महोत्सव हुने

"थारु जातीको कला, धर्म, रितिरिवाज र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य "

  •    न्युजभित्तो/१५ पुष २०७६, मंगलवार २०:३१ 
  •    संगिता बानिया

    चितवन । थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ५,बेलोध प्रगन्ना, चितवनको आयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म ‘दोस्रो बेलोध खिचरा महोत्सव–२०७६’ हुने भएको छ । महोत्सव भरतपुर महानगरपालिका–१४, पटिहानीको सुन्दरवस्ती फुटवल खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

    थारु जातीको कला, धर्म, रितिरिवाज र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ५ का अध्यक्ष एवम् महोत्सव संयोजक ठगाई महतोले जानकारी दिनुभएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा जातीय खानाका परिकार, साँस्कृतिक पहिरन, नमूना थारु घरलगायतका आकर्षण रहने संयोजक महतोले बताउनुभयो ।

    ‘थारु साँस्कृतिक पर्व खिचरा र आदिवासी जनजाती थारुहरुको पहिचान, पटिहानीको शान’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक महतोका अनुसार पर्यटन वर्ष २०२० लाई लक्षित गरी पटिहानी र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार एवम् पर्यावरणको संरक्षण गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्ने महोत्सवको थप उद्देश्य रहेको छ । साथै दिगो जिविकोपार्जनका लागि महोत्सवबाट थप टेवा पुग्ने विश्वास लिइएको कार्यक्रम संयोजक महतोले बताउनुभयो ।

    महोत्सवको करिब २० हजार मानिसले अवलोकन गर्ने र १५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

    बेलोध खिचरा महोत्सवमा फरक–फरक विधाका एक सय भन्दा बढी स्टलहरु रहने बताईएको छ । भरतपुर महानगरपालिकाको एक मात्र खिचरा महोत्सव भएकोले यस महोत्सवप्रति सबैको ध्यान केन्द्रित हुने आयोजकले दावी गरेको छ । खिचरा महोत्सवमा राप्ती नदीको माछाका परिकार, चिचर, घोँगी, हाँसको मासुको परिकारले प्राथमिकता पाउने महोत्सव संयोजक ठगाई महतोले जानकारी दिनुभयो । महोत्सवलाई थप रोमाञ्चक बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै, बालबालिकाका लागि मनोरञ्जन पार्क पनि रहने संयोजक महतोले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.