नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच भोलि उद्घाटन गरिदै, राष्ट्रपतिले औपचारिक शुभारम्भ गर्नुहुने
"चितवनको सौराहालगायत सातै प्रदेशमासमेत भ्रमण वर्षको उद्घाटन गरिने "
न्यूजभित्तो/१५ पुष २०७६, मंगलवार ०९:५५
काठमाडौँ । सन् २०२० जनवरी १ तारिख अर्थात् भोलि पुस १६ गते नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच उद्घाटन गरिदै छ । नेपाल भ्रमण वर्ष सचिवालयले दशरथ रङ्गशालामा उद्घाटन हुने नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । भोलि नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाउने तयारी छ ।
प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हुँदैछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ ।
भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा गएको जानकारी दिनुभएको छ । मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन सय भन्दा बढी सङ्घसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताउनुभयो । निजी क्षेत्र, गैरसरकारी संस्था, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र स्वयंमसेवी समूहलगायत क्षेत्रसँग मन्त्री भट्टराईले अन्तरक्रिया गरी भ्रमण वर्षलाई सफल बनाइदिन अनुरोध गर्नुभएको थियो ।
उहाँले सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको र यसबीचमा भएका छलफल पर्यटक भित्र्याउनेमा मात्र केन्द्रित नभई राष्ट्रिय एकता कायम गरी भ्रमण वर्षलाई कसरी राष्ट्रिय उत्सव र अभियानकै रूपमा मनाउन सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले यसको विकास, प्रवर्धनमा आम नेपाली सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सव तथा राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ र पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छौँ ।” उहाँँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई बनाउन आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनुका साथै विश्वभरिका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि भ्रमण वर्षको मुख्य उद्देश्य भएको उहाँको भनाइ छ।
“सङ्ख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौंँ” उहाँले भन्नुभयो । बीस लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ, पर्यटनमा कति गुणस्तरीयता आउने छ, पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्नेछ भन्ने आधारमा समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जिडिपी) मा यसले पुर्याउने योगदानलाई हेर्न सकिने उहाँको भनाइ छ । पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ‘ब्राण्डिङ’मा कस्तो परिवर्तन आउने छ भन्ने प्रश्नलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ ”, पर्यटनमन्त्रीले भन्नुभयो ।
भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य र व्यवस्थित गर्न सबैखाले तयारी गरिएको जानकारी दिनुभयो । उद्घाटन समारोहका दिन दशरथ रङ्गशालामा तीन रङ्गको पास वितरण गरिएको छ, सेतो, पहेँलो र नीलो । सेतो सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ । सञ्चारकर्मीका लागि विशेष पास तथा स्थान छुट्याइएको छ ।
अपरान्ह ४ बजे शुरु हुने उद्घाटन समारोहमा दिउँसो ३ बजेभित्रै प्रमुख अतिथि र विशिष्ट पाहुनाबाहेक सबै रङ्गशाला छिरिसक्नुपर्नेछ । ठीक ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्त नेता तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ ।
उद्घाटनको अवसरमा विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । नेपालको संस्कृति, सम्पदा, वेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताउनुभयो । उद्घाटन समारोहलाई नेपालमा हालै सम्पन्न दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताजस्तै भब्य बनाइने उहाँले बताउनुभयो । समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ भने अन्य टेलिभिजनले लिंक गरेर प्रसारण गर्नेछन् । उद्घाटनको दिन उपत्यकाका विभिन्न स्थानमा ठूला प्लेक्स बोर्ड राखिनेछ ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रारम्भको रुपमा लिएर आगामी सन् २०३० सम्मलाई पर्यटक दशकका रुपमा मनाइने भएको छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षको उद्घाटनलगत्तै पर्यटक दशकका रूपमा मनाउने अभियानमा जुट्ने र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिपर्ने बताउनुभयो । छ महिनाभित्र पर्यटन दशकको घोषण गरी आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइने उहाँको भनाइ छ।
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार भारत चीनलगायत मुलुकका पर्यटनमन्त्री तथा पाहुना आजसम्म काठमाडौँ आइपुग्नुहुनेछ र १८ देशका विभिन्न सञ्चार माध्यमका ३५ जना प्रतिनिधि पनि भ्रमण वर्षको उद्घाटनमा सहभागी हुनुहुनेछ ।
काठमाडौँ । सन् २०२० जनवरी १ तारिख अर्थात् भोलि पुस १६ गते नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच उद्घाटन गरिदै छ । नेपाल भ्रमण वर्ष सचिवालयले
दशरथ रङ्गशालामा उद्घाटन हुने नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।