पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताउनुभएको छ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
नयाँ वर्षका रूपमा गुरुङ समुदायले मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गर्नुभएको छ । सांस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौँदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै आइरहेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ, “यस वर्ष तमुजातिले फो ल्हो (मृग वर्ग)लाई बिदाइ र च्यू ल्हो (मुसा वर्ग)को स्वागत गर्दै नयाँ वर्ष मनाउँदैछन् ।”
गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।