सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको सुसेली वाचन/गायन एवम् समीक्षात्मक कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/२६ बैशाख २०८२, शुक्रबार १९:०९ 
  • चितवन, २६ वैशाख । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको अनलाईनमार्फत छयसट्ठीऔं वार्षिकोत्सव कार्यक्रमको समीक्षात्मक एवम् सुसेली गायन÷वाचन गरी वैशाख २० गते सम्पन्न भयो। नेपाली साहित्य जगतमा छुट्टै विशेष पहिचान स्थापित हुन सफल सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा यज्ञश्वर निरौला, यसै संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकारहरूद्वय चन्द्रा न्यौपाने र गङ्गा लिगलको विशिष्ट आतिथ्य रहेको थियो ।

    संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरी सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा १५ जना साहित्यकारहरूले संस्थाको सातौं वार्षिकोत्सव कार्यक्रमको संक्षिप्त मन्तव्यसहित स्वतन्त्र सुसेली वाचन/गायन प्रस्तुत गर्नुभएको थियो।

    विशिष्ट अतिथि डा निरौलाले कार्यक्रममा उपस्थित सबै साहित्यकारहरूले मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकोमा खुसी व्यक्त गर्दै अबका १०० वर्षपछि पनि सुसेलीको रौनक यसै अनुरूप अगाडि बढिरहोस् भन्ने कामना गर्नुभयो । उहाँले यस संस्थाको सातौं वार्षिकोत्सवका सुअवसरमा आफू पनि सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले सुसेलीको मौलिकता र पौराणिकतामा आधारित आफूले सुनेका र आफैंले रचना गरेका केही उदाहरण सुसेली गाएर सुनाउनु भयो ।

    यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले कार्यक्रममा वाचन भएका सुसेलीहरूको समीक्षात्मक टिप्पणीसहित सातौं वार्षिकोत्सवका विषयमा आएका समीक्षात्मक टिप्पणीको स्वागत गर्दै आगामी दिनमा सबैका सल्लाहअनुसार नै संस्थाले कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले संस्थाको उत्तरोत्तर प्रगतिका लागि असीम शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी दर्जन सुसेली गाएर सुनाउनुभयो । यसैगरी विशिष्ट अतिथि गङ्गा लिगलले संस्था परिवारलाई शुभकामना दिँदै संस्थाले विविध कार्यक्रमहरू गरेर उदाहरणीय सन्देश दिइरहेको कुरा उल्लेख गर्दै आमा सम्बन्धी दश वटा सुसेलीहरू वाचन गर्नु भयो ।

    अन्य थप सुसेली गायन\वाचनमा सहभागी अतिथि सुसेलीकारहरूमा कल्पना अधिकारी भट्टराई, पवनकुमार बुढाथोकी, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, विमला ढकाल समीक्षा, विमल अर्याल, उत्तम शर्मा र उत्तम विचार भेटुवाललगायतले हालसालै देशमा र आफ्नो व्यक्तिगत रूपमा घटिरहेका घटनाहरू एवम् नयाँ वर्ष र आमाका विषयमा समसामयिक सुसेलीहरू गाएर सुनाउनुभयो ।

    अन्त्यमा अध्यक्ष ‘भमरकोटे’ ले सुसेलीको कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूलाई धन्यवाद दिँदै गत संस्थाको वार्षिकोत्सवका सुअवसरमा सम्मानित सबैमा पुनः बधाईसहित समीक्षात्मक टिप्पणी दिएर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवादसहित सुसेली के हो र किन नेपाली साहित्यमा सुसेलीको महत्त्वका छ भन्ने विषयमा चर्चाका साथ सुसेलीकै व्याख्या हुने केही सुसेलीहरू गायन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.