सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा राप्ती नगर कमिटीले लियो सपथ, जनताको हितमा काम गर्ने अध्यक्ष लामाको प्रतिवद्धता


  •    न्युजभित्तो/१४ पुष २०७६, सोमबार २१:१३ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीले सोमबार सपथ ग्रहण गरेको छ । नगर कमिटी अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठकसहित ८१ सदस्यीय नगर कमिटीलाई सपथग्रहण गराइएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले सपथग्रहण गराउनुभएको थियो । खनालले नगर कमिटीलाई पार्टीको सिद्धान्तअनुसार उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई चलायमान बनाउन संगठन विस्तारमा लाग्न निर्देशनसमेत दिनुभयो ।

    कार्यक्रममा बोल्ने नेताहरुले गुट उपगुटले पार्टीलाई क्षति पुग्ने र ब्यक्तिको राजनितिक भविष्य पनि सकिने भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई जो कसैले निजी स्वार्थपूर्ति गर्ने हतियार बनाउन नहुने नेताहरुको भनाई थियो । त्यस अवसरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संगठन विस्तार, पार्टी विरुद्ध भइरहेको गलत प्रचारको भण्डाफोर लगायतका काम गर्नुपर्ने बताउनुभयो ।

    नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले पार्टीलाई चलायमान बनाउँदै जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष लामाले लामो सयमदेखिको पार्टी भित्रको गतिरोध अन्त्य गर्दै पार्टीलाई जनताको मन मनमा पु¥याउन लागिपर्ने बताउनुभयो ।

    कार्यक्रममा पार्टीका जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सचिवालय सदस्य तथा ३ नं. प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सचिवालय सदस्य जेएन थपलिया, प्रदेश सदस्य तथा राप्ती नगरपालिका प्रमुख प्रभा बराललगायतले मन्तव्य राख्नुभएको थियो । सपथग्रहण कार्यक्रम नेकपा राप्ती नगर इन्चार्ज मान बहादुर स्याङ्बोको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.