सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन नम्बर प्रदेशको नाम बाग्मती र स्थायी राजधानी हेटौँडा राख्ने सत्तारुढ नेकपाको निर्णय


  •    न्युजभित्तो/१३ पुष २०७६, आईतवार २१:५३ 
  • काठमाडौँ । दुई वर्षदेखिको अन्यौललाई चिर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन नम्बर प्रदेशको नाम बाग्मती र प्रदेशको स्थायी राजधानी हेटौँडा नै राख्ने निर्णय गरेको छ । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने सहमति गरेको हो ।

    प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ । अहिले हटौंडामा रहेको प्रदेशको अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउने निर्णय भएको हो ।

    प्रदेश ३ मा नेकपाको बहुमत छ । यो निर्णयसँगै अब तीन नम्बर प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा नै हुने पक्कापक्की भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.