नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अर्को वर्षको फागुनमा, पदावधि एक वर्षका लागि थपियो
न्युजभित्तो/११ पुष २०७६, शुक्रबार २३:२३
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप गर्दै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले विधानबमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि २०७६ साल फागुन २० गतेदेखि लागू हुने गरी २०७७ साल फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । काँग्रेसको तेह्रौँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो ।
पार्टीको विधानअनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यको अवधि यही वर्षको फागुन १९ गतेसम्म कायम रहेको छ । मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीका साङ्गठनिक संरचनालाई समायोजन र पुनर्गठन गर्नु परेको तथा नयाँ साङ्गठनिक संरचनाबाटै पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका कार्य सम्पन्न गरी वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समय आवश्यक पर्ने भएकाले एक वर्ष पदावधि थप गरिएको पार्टीले जनाएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७, जिल्ला अधिवेशन मङ्सिर २५ र प्रदेश अधिवेशन २०७७ साल पुस १५ गते हुनेछ ।
४७ विभाग बनाउने निर्णय
सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकले पार्टीको विधानअनुसार हाल विधानमा कायम २८ केन्द्रीय विभागको सङ्ख्यालाई बढाएर ४७ पुर्याउने निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने उहाँले बताउनुभयो । बैठकले निर्णय गरेअनुसार सङ्गठन विभाग, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, स्थानीय तह समन्वय, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, पर्यटन, महिला, तरुण, विद्यार्थी, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग तथा व्यापार, निर्माण यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान विभाग रहेका छन् ।
यसैगरी काँग्रेसले आदिवासी जनजाति, खेलकुद, प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, नेपाली जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय तथा सहकारी संस्था समन्वय, पिछडिएको क्षेत्र समन्वय विभाग गर्ने निर्णय गरेको छ । साथै विज्ञान तथा सूचना प्रविधि, भूपू सैनिक, जिल्ला सम्पर्क समिति समन्वय, अन्य पार्टी सम्पर्क, आर्थिक नीति तथा योजना, शुभेच्छुक संस्था समन्वय, अन्य भ्रातृ सङ्घ समन्वय, थारू, आपूर्ति तथा उपभोक्ता, श्रम, भूमिहीन सुकुमवासी अव्यवस्थित बसोबास एवं मुक्तकमैया समन्वय, गैरआवासीय नेपाली समन्वय र पूर्वराष्ट्रसेवक समन्वय विभाग गठन गर्ने निर्णय गरेको छ ।
तरुण दलको समयावधि छ महिना थप
गठन गरिएका उपरोक्त विभागहरुका प्रमुख, उपप्रमुख, सचिव र सदस्यको नियुक्ति विधानबमोजिम यथाशीघ्र गरिने काँग्रेसले जनाएको छ । बैठकले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयलाई अनुमोदन गरेको छ । पार्टी सभापति देउवाले आवश्यक परामर्श गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न नेपाल तरुण दललाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
काँग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि विधानबमोजिमको अधिकार प्रयोग गरी विधानका केही दफालाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागिमात्र लागू हुनेगरी निलम्बन गरिएको छ । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने पार्टी कार्यालयले जनाएको छ ।
बैठकले पार्टीको अन्तरिम संरचना समायोजन यही पुस मसान्तभित्र गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण अगामी माघ देखि २०७७ वैशाख मसान्तसम्म गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि तोकेको छ ।
यसैगरी २०७७ साल असार १६ गतेदेख असार मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने, २०७७ साल साउन १५ गतेभित्र उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि तोकिएको छ ।
बैठकले २०७७ साल श्रावण १५ गतेदेखि श्रावण मसान्तसम्म क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नुपर्ने, २०७७ भाद्र मसान्तभित्र उजुरी÷पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने र २०७७ आश्विन मसान्तसम्म नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि तोकेको छ ।
एमसीसी अनुमोदनमा समर्थन गर्ने
बैठकले सम्पूर्ण सीमा समस्या समाधान गर्न, तथ्य र प्रमाणका आधारमा प्राविधिक र उच्च कूटनैतिक तहमा भारतसँग अविलम्ब संवाद अगाडि बढाउन सरकारसँग माग गरेको छ । काँग्रेसले संविधानको मर्म र भावना विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्नाका साथै अमेरिकी सरकारसँग गरेको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्मा यथाशीघ्र पेश गरी अनुमोदन गर्न काँग्रेसको प्रस्ट समर्थन रहने बैठकले निर्णय गरेको छ ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष भने अनुपस्थित थिए ।
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप गर्दै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले विधानबमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि २०७६ साल फागुन २० गतेदेखि लागू हुने गरी २०७७ साल फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । काँग्रेसको तेह्रौँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो ।
पार्टीको विधानअनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यको अवधि यही वर्षको फागुन १९ गतेसम्म कायम रहेको छ । मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीका साङ्गठनिक संरचनालाई समायोजन र पुनर्गठन गर्नु परेको तथा नयाँ साङ्गठनिक संरचनाबाटै पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका कार्य सम्पन्न गरी वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समय आवश्यक पर्ने भएकाले एक वर्ष पदावधि थप गरिएको पार्टीले जनाएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७, जिल्ला अधिवेशन मङ्सिर २५ र प्रदेश अधिवेशन २०७७ साल पुस १५ गते हुनेछ ।
४७ विभाग बनाउने निर्णय
सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकले पार्टीको विधानअनुसार हाल विधानमा कायम २८ केन्द्रीय विभागको सङ्ख्यालाई बढाएर ४७ पुर्याउने निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने उहाँले बताउनुभयो ।
बैठकले निर्णय गरेअनुसार सङ्गठन विभाग, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, स्थानीय तह समन्वय, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, पर्यटन, महिला, तरुण, विद्यार्थी, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग तथा व्यापार, निर्माण यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान विभाग रहेका छन् ।